एमालेले २५ लाख मत कटायो, एकिकृत समाजवादीको २ लाख ५० हजार नाघ्यो

मंसिर १२,काठमाडौँ । समानुपातिकतर्फको मतगणना चलिरहँदा एमालेले २५ लाख मत कटाएको छ । कांग्रेसले २४ लाख मत कटाउँदा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६० हजार मत कटाएका छन् । समानुपातिकमा तेस्रो स्थानमा रहँदै आएको माओवादीलाई राष्ट्रिय स्वतन्त्र पार्टीले उछिनेको छ । राप्रपा पाँचौँ, जसपा छैटौँ र जनमत पार्टी सातौँ स्थानमा छन् ।

यसअघि सातौँ स्थानमा रहेको एकीकृत समाजवादी आठौँ स्थानमा पुगेको छ । एकीकृत समाजवादीले २ लाख ५२ हजार मत कटाएको छ । राष्ट्रिय दलको मान्यता पाउनको लागि झन्डै ३ लाख मत आवश्यक पर्छ । अब झण्डै १५ लाख मत गन्न बाँकी छ ।

निर्वाचन आयोगले ६१ प्रतिशत मत खसेको जानकारी दिएको आधारमा चुनावमा १ करोड ९ लाख मत खसेको अनुमान छ । मत कति बदर भयो भन्ने यकिन भइसकेको छैन । एक करोड मत सदर भयो भने राष्ट्रिय दल बन्नको लागि ३ लाख मत आवश्यक पर्छ ।

संम्बन्धित समचार

Leave a Reply