रोटरी क्लब अफ रुद्रमती काठमाडौंको आयेजनामा नि:शूल्क स्वास्थ्य शिविर सम्पन्न

काठमाडौँ । रोटरी क्लब अफ रुद्रमती काठमाडौंको आयोजना, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौं र बेनीघाट रोराङ गाउँपालिका वडा नं. ३ को संयुक्त सहआयोजना र आशा प्रोजेक्ट र फ्रेम्स अफ नेपाल न्यू जर्सीको सहयोगमा उक्त नि: शूल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ ।

शनिबार धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिका वडा नं. ३ मा रहेको सलाङघाट आधारभूत स्वास्थ्य चौकीमा नि: शूल्क मुटु रोग शिविर सम्पन्न भएको हो । उक्त शिविरमा एक सय चौहत्तर जना चेपाङ समुदायका व्यक्त्तिहरूको नि: शूल्क स्वास्थ्य परीक्षण गरिएको हो ।

उक्त शिविरमा उपस्थित मुटु रोगीहरूलाई ECG, ECO लगायत नि: शूल्क औषधि समेत वितरण गरिएको हो । यसका साथै, उक्त स्वास्थ्य चौकीमा रोटरी क्लबले सात वटा ह्विलचेयर पनि प्रदान गरेको छ ।

केही जटिल प्रकारका मुटु रोगीहरूलाई काठमाडौंस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा रिफर गरिएको र उनीहरूको नि: शूल्क उपचार गर्ने आयोजक क्लबले जनाएको छ । उक्त कार्यक्रममा विभिन्न स्थानीय क्लब तथा जनप्रतिनिधिको उपस्थिती र सहयोग रहेको थियो ।

यसका साथै, निकट भविष्यमा रोटरी क्लबले उक्त स्थानमा रहेका स्वास्थ्य चौकीहरूमा डेलिभरी बेडसहित अन्य स्वास्थ्य सामग्रीहरू समेत प्रदान गर्ने उक्त क्लबका अध्यक्ष किशोर त्रिपाठीले बताए ।

रोटरी क्लब अफ रुद्रमती काठमाडौं एक विशुद्ध सामाजिक संस्था हो । यसले स्थापना कालदेखी नै सामाजिक कार्यलाई प्राथमिकतामा राख्दै सामाजिक सेवा प्रदान गर्दै आईरहेको छ ।

संम्बन्धित समचार

Leave a Reply