मंसिर १३, काठमाडौं । पछिल्लो मत परिणामअनुसार सुनसरी–३ एमालेकी भगवती चौधरीको अग्रता कायमै रहेको छ । चौधरीले ३३ हजार ४७९ मतसहित अग्रता कायमै राखेकी छन् । उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका विजय कुमार गच्छदारले २८ हजार ६५५ मत पाएका छन् ।
एमालेकी चौधरी गच्छदारभन्दा ४ हजार ८२४ मतले अगाडि छिन् । राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनालीले ६ हजार १९५ मत पाएका छन् ।