समानुपातिक प्रणालीतर्फ कुन दलको कति मत ?

मंसिर १३, काठमाण्डौ । समानुपातिक प्रणालीतर्फ हालसम्म ९५ लाख ३६ हजार ९५१ मतगणना भएको छ । निर्वाचन आयोगका अनुसार मंगलबार बिहान ७ बजेसम्मको तथ्यांक हेर्दा नेकपा एमालेले २५ लाख ७५ हजार ८७७ मत प्राप्त गरी अग्रता कायमै गरेको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २४ लाख ४५ हजार ५८४ मत पाएको छ ।

तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले १० लाख ९४ हजार ६०६ मत पाउँदा चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको १० लाख ७० हजार ६३५ मत छ । यसैगरी, ५ लाख ५० हजार ३५० मतसहित राष्ट्रिय प्रजातन्त्र पार्टी पाँचौँ स्थानमा छ भने जनता समाजवादी पार्टीले ३ लाख ५४ हजार २५२ मत पाएको छ। जनमत पार्टीले २ लाख ९४ हजार ४३५ मत पाउँदा नेकपा एकीकृत समाजवादीको २ लाख ६३ हजार ६०९ मत छ । यस्तै, नागरिक उन्मुक्ति पार्टीले २ लाख ४५ हजार २१५, लोसपाले १ लाख ३६ हजार ६३, नेमकिपाले ७३ हजार ९६, हाम्रो नेपाली पार्टीले ५३ हजार २२१ मत प्राप्त गरेका छन् ।

संम्बन्धित समचार

Leave a Reply