सुनको भाउ घट्यो, चाँदी स्थिर, तोलाको कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ मंसिर १३, मंगलबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर १३, काठमाडौ । मंगलबार सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले घटेर ९७ हजार ४०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार ९०० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, सोमबार छापावाल सुन तोलाको ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९७ हजार रुपैयाँ निर्धारण भएको थियो । यता, मंगलबार चाँदीको भाउ भने स्थिर रहेको छ । मंगलबार चाँदीको भाउ १२ सय ८५ रुपैयाँ कायम रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस