दाङमा एमाले शून्य !

मंसिर १३, काठमाण्डौ । नेकपा एमालेका शक्तिशाली महासचिव शङ्कर पोखरेलको गृह जिल्ला हो दाङ । २०७४ को निर्वाचनमा प्रदेश सभा सदस्यमा निर्वाचित भए लगत्तै झण्डै तीन वर्ष मुख्यमन्त्री समेत भएका थिए नेता पोखरेल । उनले लुम्बिनीको राजधानी बुटवलबाट दाङ ल्याउने हर प्रयत्न समेत गरे । उनै पोखरेल मङ्सिर ४ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ मात्रै पराजित भएनन् सिङ्गो दाङमा नै एमाले सांसदले चुनाव जित्न सकेनन् ।

प्रतिनिधि सभा सदस्यका लागि दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट पोखरेल उम्मेदवार बनेका थिए । तर, उम्मेदवारी दर्ताका बेला हेभीवेट उम्मेदवारका रूपमा चर्चा पाएका पोखरेल आफैँ माओवादी केन्द्रकी नेतृ रेखा शर्मासँग पराजित बन्न पुगे । नेता पोखरेलमात्रै होइन प्रतिनिधि सभामा तीन निर्वाचन क्षेत्र र प्रदेश सभामा ६ क्षेत्र रहेको दाङमा नेकपा एमालेका कुनै पनि उम्मेदवारले जित्न सकेनन् । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यगरी नौ सिट रहेको उक्त जिल्लामा कुनै पनि सिट एमालेले जित्न नसक्दा एमाले शून्य हुन पुगेको छ ।

संम्बन्धित समचार

Leave a Comment