सूर्य चिन्हबाट चुनाव लडे : लज्जास्पद हारे, अहिले भन्छन्__’हिन्दु राष्ट्रको एजेण्डा कमजोर भो !’

मंसिर १३, काठमाण्डौ । कमल थापा नेतृत्वको राप्रपा नेपालले हिन्दु राष्ट्रको एजेण्डा कमजोर भएकोमा चिन्ता व्यक्त गरेको छ । मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले ‘यसपटकको निर्वाचन परिणामबाट राष्ट्रवादी विचारधारा र सर्वधर्म समभाव सहितको हिन्दुराष्ट्रको एजेण्डा कमजोर भएकोप्रति चिन्ता प्रकट’ गरेको हो ।

बैठकले आमचुनावमा राप्रपा नेपालले निराशाजनक परिणाम भोग्नुपरेको भन्दै परिणाम अपेक्षाकृत अनुकुल नभएता पनि जनताको अभिमतलाई सम्मान गर्दै प्रजातान्त्रिक मान्यता अनुसार राप्रपा नेपाल पराजयलाई स्वीकार गर्ने जनाएको छ । पार्टी पुनर्जागृत भएको वर्ष दिन पनि नपुग्दै चुनावमा होमिनुपरेको कारण चुनाव जित्न सक्ने खालको संगठन निर्माण हुन नसकेको, संस्थागत रुपमा प्रभावकारी चुनावी अभियान संचालन हुन नसकेको तथा न्युनतम साधनश्रोतको समेत व्यवस्था हुन नसकेको राप्रपा नेपालको ठहर छ । चुनावमा पराजयको वावजुद राप्रपा नेपालले अवलम्बन गरेको सम्बर्द्धनवादको विचार र दर्शनको औचित्य र महत्व यद्यपि कायम रहेको बताएको छ।

संम्बन्धित समचार

Leave a Reply