भगवतीले गच्छदारको अपराजित कीर्तिमानी विजय यात्रा रोकिन्

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर १३, मंगलबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर १३,काठमाडौँ । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारको अपराजित कीर्तिमानी विजय यात्रा अन्ततः रोकिएको छ ।

नेकपा एमालेकी भगवती चौधरीसँग पराजय बेहोरेसँगै गच्छदार पनि चुनाव हार्ने नेताहरुकै पंक्तिमा परेका छन् । अब २०४८ साल यताका कुनै पनि चुनाव नहार्ने नेताको कीर्तिमानी सूचीमा कांग्रेसका सभापति शेरबहादुर देउवा एक्लो रहे ।

यसअघि लगातार ६ वटा चुनाव जित्नेमा देउवासँगै गच्छदार पनि थिए । तर यसपटक सुनसरी–३ मा एमालेकी भगवतीसँग पाँच हजार मतान्तरले गच्छदार पराजित भएका छन् । भगवतीले ४० हजार ४० हजार ८७८ मत ल्याएर जित्दा गच्छदारले ३५ हजार ६०० मत मात्रै ल्याए । २०७४ र ०७० को चुनावमा भगवतीसँगै कडा टक्कर भएको थियो । तर चुनाव गच्छदारले जिते । चर्को प्रतिस्पर्धा भएपनि भगवतीले जित्न नसकेपछि ‘चुनाव जित्ने भनेकै गच्छदारले’ भन्ने भाष्य यो क्षेत्रमा जबर्जस्त स्थापित थियो ।

हुनपनि ०७० मा ३६२ मतान्तरले जितेका गच्छदारले ०७४ मा एमाले र माओवादी केन्द्रबीच वाम गठबन्धन हुँदा पनि ३२१ मतान्तरले बाजी मारेका थिए । यो नतिजाप्रति असन्तुष्टि जनाउँदै भगवतीले सर्वोच्चमा रिट दिइन् ।

तर कार्यकाल सकिँदा समेत फैसला आएन । बरू ललिता निवास प्रकरणमा भ्रष्टाचार मुद्दा चलेकाले गच्छदार लगभग पूरै कार्यकाल निलम्बित रहे ।

ताजा अपडेट

खोजी गर्नुहोस