थाइल्याण्ड उडेको नेपाल एयरलाइन्सको जहाज बंगलादेशमा आकस्मिक अवतरण

मंसिर १४,काठमाडौँ । काठमाडौंबाट थाइल्याण्डको बैंककका लागि उडेको नेपाल एयरलाइन्सको न्यारोबडी जहाज बंगलादेशमा आकस्मिक अवतरण गरेको छ ।
नेपाल एयरलाइन्सका सहायक प्रवक्ता गणेशकुमार घिमिरेका अनुसार इण्डिकेटरले कार्गो कम्पार्टमेन्टमा धुवाँ देखिएको संकेत गरेको थियो । सोहीकारण जहाज बंगलादेशको चटगाउँ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

आरए ४०१ उडान नम्बर रहेको ए३२० जहाजको कार्गोमा रहेको सामान झारेर जहाज भने पुनः बैंकक उडाउने तयारी भइरहेको बताइएको छ । ‘इण्डिकेटरले संकेत गरेपनि अवतरणपछि चेकजाँच गर्दा कुनै खराबी देखिएन,’ सहायक प्रवक्ता घिमिरेले भने, ‘जहाज पुनः बैंकक उड्दैछ ।’ जहाजमा १५२ जना यात्रु सवार छन् ।

संम्बन्धित समचार

Leave a Reply