दोलखामा आज पुनः मतदान हुँदै

मंसिर १५,दोलखा । दोलखामा आज पुनः मतदान हुँदैछ । बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ । मंसिर ४ गते भएको मतदानमा विवाद भएपछि निर्वाचन अयोगले आज पुनः मतदान गराउने निर्णय गरेको थियो । दोलखाको १० वटा मतदान केन्द्रमा पुनः मतदान हुन लागेको हो ।

वैतेश्वर गाउँपालिका वडा नं. ६ को वैतेश्वर माध्यमिक विद्यालय, वैतेश्वर गाउँपालिका वडा नं. २ को जनज्योति माध्यमिक विद्यालय पुतलीकाठ मतदान केन्द्र र तामाकोशी गाउँपालिका वडा नं. ३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्र गरी ७ वटा केन्द्रमा भएको भनिएको मतदान कार्य स्वच्छ, निष्पक्ष हुन नसकेको आयोगले ठहर गरेको छ ।

ती केन्द्रमा मंसिर ४ मा भएको मतदान रद्द गरिएको छ । आजको मतदानका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । मतदान केन्द्रमा कुनै पनि व्यक्तिलाई मतदानको अधिकार प्रयोग गर्नबाट वञ्चित गर्नेलाई तत्काल पक्राउ गरी कारबाही गर्न गृह मन्त्रालयमार्फत् जिल्ला प्रहरी कार्यालय दोलखालाई निर्देशन दिइएको छ ।

संम्बन्धित समचार

Leave a Reply