काठमाण्डौमा आज यसवर्षकै धेरै चिसो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर १५, बिहिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर १५,काठमाडौँ । काठमाण्डौमा आज यसवर्षकै धेरै चिसो छ । काठमाण्डौको बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ७ दशमलव ५ डिग्री सेल्सियस रहेको मौसमविद् हिरा भट्टराईले बताए । काठमाण्डौको हिजोको न्यूनतम तापक्रम ८ दशमलव २ डिग्री सेल्सियस थियो ।

देशका अन्य ठाउँमा पनि न्यूनतम तापक्रम घट्न थालेको छ । चिसो बढ्दै गएकाले न्यूनतम तापक्रम घट्न थालेको हो । मौसममा असर पार्ने प्रणाली नभए पनि जाडोयाम सुरु भइसकेकाले चिसो बढेको हो । देशभर नै बिहान र बेलुका चिसो धेरै छ ।

दिउँसो भने पारिलो घाम लाग्ने गरेकाले न्यानो छ । देशका धेरै ठाउँको अधिकतम तापक्रम २० डिग्री सेल्सियसभन्दा माथि नै रहेको मौसमविद् हिरा भट्टराईले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस