मंसिर १५, काठमाण्डौ । आज नेपाली बजारमा सुनचाँदीकै मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य तोलामा ५०० र चाँदीको मूल्य ४० रूपैयाँले बढेको जानकारी दिएको हो ।
यससँगै आज छापावाल सुनको मूल्य तोलामा ९८ हजार १०० र तेजाबी सुनको मूल्य तोलामा ९७ हजार ६०० रूपैयाँ छ । हिजो बुधबार छापावाल सुनको मूल्य ९७ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा ९७ हजार १०० रूपैयाँ थियो । हिजो बुधबार सुनको भाउ तोलामा २०० रूपैयाँले बढेको थियो ।