तरलता बढाउन राष्ट्र बैंकले २० अर्ब रूपैयाँ बजारमा पठाउँदै

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ मंसिर १५, बिहिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर १५, काठमाण्डौ । नेपाल राष्ट्र बैंकले १४ दिनका लागि २० अर्ब रूपैयाँ तरलता बजारमा पठाउने भएको छ । बैंकले मंसिर १५ गतेदेखि मंसिर २९ गतेसम्म कुल १४ दिनका लागि रिपोमार्फत दुई सय करोड अर्थात् २० अर्ब रूपैयाँ पठाउने भएको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो २ बजेसम्म तरलता सुविधाका लागि राष्ट्र बैंकमा आवेदन दिन सक्नेछन् ।

सार्वजनिक बोलकबोलमार्फत जारी गरिने रिपोका लागि न्यूनतम् १० करोड रुपैयाँदेखि ५ ले भाग लाग्ने अंकसम्मका लागि दरखास्त दिन सकिने बैंकले जनाएको छ । राष्ट्र बैंकले बजारमा तरलता अभावका बेला रिपोमार्फत अल्पकालीन सापटिका रुपमा पैसा प्रवाह गर्ने गर्छ भने अधिक तरलता भएका बेला रिभर्सरिपोमार्फत तरलता लिने गर्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस