फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको अध्यक्षमा केशव राज पौडेल नियुक्त

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ मंसिर १५, बिहिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर १५,सुनसरी । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा केशव राज पौडेल नियुक्त भएका छन् ।

यसअघि संस्थाको संचालक समितिको अध्यक्षमा संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गरेका भगवती चौधरीले अध्यक्ष पदबाट राजिनामा दिएकोमा संचालक समितिको मंसिर १४ गतेको बैठकले स्वीकृत गरेको छ । केहीदिन अघिमात्रै भगवती चौधरी विजय गच्छादारलाई हराउदै सुनसरी–३ बाट प्रतिनिधि सभामा विजयी भएकी थिइन् ।

साथै सोही बैठकले यस वित्तीय संस्थाको संचालक समितिको अध्यक्षमा पौडेललाई चयन गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस