‘आगामी दिनमा मेरो निर्वाचन क्षेत्रको समृद्धिका लागि काम गर्छु’ : मन्त्री कार्की

मंसिर १५, काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सुनसरी क्षेत्र नं ४ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले आगामी दिनमा आफ्नो निर्वाचन क्षेत्रको समृद्धिका लागि काम गर्ने बताएका छन् ।

बिहीवार प्रतिनिधिसभा सदस्यमा सुनसरी क्षेत्र नं।४ बाट निर्वाचित भएसँगै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री कार्कीले आगामी दिनमा सुनसरी–४ को समृद्धि र सम्मानका लागि काम गर्ने बताए । उनले आफूले यस क्षेत्रमा विगतमा गरेको कामको आधारमा मतदाताले जिताएको भन्दै आगामी पाँच वर्षको कार्यकालमा पनि अझै बढी काम गर्ने बताए ।

संम्बन्धित समचार

Leave a Comment