आलिया भट्टका साथमा रणवीर कपुरको नयाँ वर्ष अमेरिकामा

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७५ पौष १६, सोमबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

पौष १६, काठमाडौं । बलिउड नायक रणवीर कपुर र आलिया भट्ट अहिले फिल्म ब्रह्मास्त्रको सुटिङमा व्यस्त रहेका छन्। फिल्मसँगै यी दुई व्यक्तिगत सम्बन्धका कारण पनि चर्चामा छन्।

आलिया र रणवीर रिलेशनशीपलाई हेर्ने र सम्बन्धमा रहेको प्रगाढतालाई हेर्ने हो भने सन् २०१९ मा आलिया र रणवीरको विवाह हुन सक्छ।

अर्कोतर्फ नयाँ वर्षकै कुरा गर्ने हो भने पनि अहिले रणवीर–आलिया चर्चामै छन्। यसपटक उनीहरुले संयुक्त राज्य अमेरिकामा नयाँ वर्ष मनाउँदै छन्।

रणवीर कपुरको एउटा फ्यान पेजमा तस्बिर प्रकाशित भएको छ। जसमा आलिया र रणवीर एकैसाथ देखिएका छन्। उक्त तस्बिरको पृष्ठभूमि भारतको नभएको बताइएको छ।

साथै पारिवारिक स्रोतलाई आधार मानेर भारतीय मिडियाहरुले आलिया र रणवीरले अमेरिकातर्फको उडान भरिसकेको जनाएका छन्।

आलिया–रणवीर अहिले प्रेममा छन्। उनीहरु एकअर्काको पारिवारिक समारोहमा पनि सहभागी हुन थालिसकेका छन्। यसले पनि उनीहरुको विवाहको तयारीको संकेत गरेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस