दोलखामा माओवादी केन्द्रका गङ्गा कार्की दोब्बर मतले अगाडि

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर १६, शुक्रबार (२ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

मंसिर १६,दोलखा । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनाव अन्तर्गत दोलखामा मतगणना भइरहेको छ ।

दोलखामा माओवादी केन्द्रका गङ्गाबहादुर कार्की दोब्बर मतले अगाडि छन् । पछिल्लो विवरण अनुसार कार्कीले ३ हजार ६१८ र एमालेका बालकृष्ण सिवाकोटीले १ हजार ८०० मत प्राप्त गरेका छन् । माओवादीका कार्की र एमालेका शिवाकोटीबीचको मतान्तर १ हजार ८१८ रहेको छ ।

दोलखाका १० वटा मतदान केन्द्रमा हिजो मतदान भएको थियो । मंसिर ४ गते भएको मतदानमा विवाद भएपछि निर्वाचन अयोगले पुनः मतदान गराउने निर्णय गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस