प्रदेशमा मुख्यमन्त्रीका लागि कसरत

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर १८, आईतबार (२ साल अघि)
  • २९ पटक पढिएको
Post Thumbnail

मंसिर १८, काठमाण्डौ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य प्रत्यक्ष निर्वाचन नतिजा लगभग आइसकेको छ। प्रत्यक्षतर्फ शनिबार स्याङ्जा २ को नतिजा आएको छ भने दोलखा र बाजुरामा मतगणना जारी छ। स्याङ्जा २ मा कांग्रेस नेता धनराज गुरुङ निर्वाचित भएक छन्। उनले निकटतम प्रतिस्पर्धी एमालेकी पद्मा अर्याललाई ५ हजार २७ मतान्तरले हराएका हुन्। गुरुङले ३१ हजार ४६६ र अर्यालले २५ हजार ८३९ मत आफ्नो पक्षमा पारे। त्यसैगरी बाजुरा ९क० बाट प्रदेशसभा सदस्यमा नरेशकुमार शाही विजयी भएका छन्।

समानुपातिकतर्फ पनि मतगणना अन्तिम चरणमा पुगेको छ। घोषित नतिजाअनुसार संघदेखि प्रदेशसम्म एक दलको बहुमतको सरकार बन्ने सम्भावना छैन। मिलीजुली सरकार बन्ने अवस्था देखिएको छ। प्रमुख दलका शीर्ष नेताहरू संघ र प्रदेशमा समीकरण मिलाएर सरकार बनाउने कसरतमा लागेका छन्। प्रदेशमा निर्वाचित दलका प्रभावशाली नेताहरू मुख्यमन्त्री र मन्त्री बन्न लागिपरेका छन्। सातै प्रदेशमा मुख्यमन्त्रीका लागि वर्तमान सत्ता गठबन्धनका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी ९नेकपा एस० भित्र ‘प्याकेजमै सहमति’ खोज्ने आवाज उठिरहेको छ।

कांग्रेसभित्र ७ वटै प्रदेशमा मुख्यमन्त्रीका आकांक्षी देखिएका छन्। माओवादी केन्द्र र नेकपा एस भागबन्डा मिलाएर सरकार गठन गर्नुपर्ने पक्षमा छन्। एमालेमा पनि मुख्यमन्त्रीका दाबेदार धेरै देखिएका छन्। मधेस प्रदेशमा जनता समाजवादी पार्टी ९जसपा० र सिके राउत नेतृत्वको जनमत पार्टीले पनि मुख्यमन्त्रीमा दाबी गर्ने देखिएको छ। निर्वाचनबाट सबै प्रदेशमा उपस्थिति देखाएको राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले भने अहिलेसम्म मुख्यमन्त्रीका लागि मुख खोलिसकेको छैन। प्रदेशमा मुख्यमन्त्रीका आकांक्षीहरू पार्टीका शक्ति केन्द्र रिझाउनेदेखि लिएर संसदीय दलमा आफ्नो पक्षमा बहुमत जुटाउने कसरत गरिरहेका छन्। यो समाचारनागरिक दैनिकमा छ ।

ताजा अपडेट

खोजी गर्नुहोस