बाजुराबाट प्रदेश सभामा कांग्रेसका शाही निर्वाचित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर १८, आईतबार (२ साल अघि)
  • २९ पटक पढिएको
Post Thumbnail

मंसिर १८, बाजुरा । बाजुराबाट प्रदेश सभामा नेपाली कांग्रेसका पदमबहादुर शाही निर्वाचित भएका छन् । प्रदेश सभा २ बाट शाही २० हजार ११९ मतसहित निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार लाल बहादुर थापाले १७ हजार ५२१ मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवार जनक बहादुर रावलले १५५ र राप्रपाका उम्मेदवार हिमाल बहादुर शाहीले १२२ मत पाए । ८३४ मत बदर भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस