नेकपा माओावादी केन्द्रको पदाधिकारी बैठक अहिले बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर १८, आईतबार (१ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

मसिर १८, काठमाडौँ । सत्तारुढ दल नेकपा माओावादी केन्द्रको पदाधिकारी बैठक आइतबार बस्ने भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बैठक दिउँसो २ बजेपछि बस्ने भएको हो । बैठकमा मंसिर ४ मा भएको निर्वाचनको समीक्षाका साथै अब बन्ने नयाँ सरकारका बारेमा छलफल हुने बताइएको छ । यसअघि पार्टी कार्यालयमा शनिबार बसेको पदाधिकारी बैठकले सरकारमा जान सबै विकल्प सुला राख्ने निर्णय गरेको थियो ।

आजको बैठकले सरकारमा जानका लागि गठबन्धनलाई नै निरन्तरता दिने वा नेकपा एमालेसँग सहकार्य गरेर अघि बढ्ने भन्ने बारेमा छलफल हुनसक्ने बताइएको छ । निर्वाचनपछि तेस्रो पार्टी बनेको माओवादी केन्द्रले प्रत्यक्षतर्फ १७ सिट जितेको छ । यसमा समानुपातिक निर्वाचन प्रणालीतर्फ पार्टीले पाएको मतबाट सांसदको सीट संख्या थप हुन बाँकी छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व गर्ने इच्छा देखाएकोले अनुकुल हुने जोसँग पनि पार्टीले सत्ता समिकरण गर्न सक्ने देखिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस