शिवम् सिमेन्टको “शिवमसंग उपहार टन्न” योजना सार्वजनिक

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ मंसिर १८, आईतबार (१ साल अघि)
  • ६ पटक पढिएको
Post Thumbnail

मंसिर १८,काठमाडौँ । शिवम् सिमेन्टले ‘शिवमसंग उपहार टन्न’ योजना सार्वजनिक गरेको छ। सफलताको सम्पूर्ण श्रेय ग्राहकवर्गलाई दिँदै कम्पनीले सर्वाधिक धनराशिको यो ग्राहकमुखी उपहार योजना ल्याएको हो।

यस योजनाअन्तर्गत प्रत्येक २० बोरा शिवम् सिमेन्टको खरिदमा ग्राहकले हातखाली नहुने एउटा स्क्रया कुपन प्राप्त गर्नेछन्। उक्त कुपन स्क्रया गरी २०० रुपैयाँदेखि ५०० रुपैयाँसम्म नगद वा १५ ग्राम चाँदीको सिक्का वा २।५० ग्रामदेखि ५ ग्रामसम्म सुनको सिक्का वा सुनको सिक्री पक्का उपहार जित्नसक्ने कम्पनीले जनाएको छ।

सोही कुपनको आधारमा ग्राहकहरुले मासिक लक्की ड्र तथा मेगा लक्की ड्रमासमेत गरी एउटै कुपनबाट तीनपटकसम्म जित्ने मौका पाउनेछन्। जसअनुसार हरेक महिनाको लक्की–ड्रमार्फत पहिलो पुरस्कार २ जोडी भाग्यशाली ग्राहकहरुलाई थाइल्यान्ड भ्रमण, दोस्रो पुरस्कार ४ जोडी विजेतालाई हेलिटुर, तेस्रो पुरस्कार ६ जनालाई आधा केजी चाँदी, चौथो पुरस्कार ८ जनालाई हिराको औंठी तथा पाँचौं पुरस्कार १० जोडीलाई माउन्टेन फ्लाइट लक्की ड्रमार्फत जित्न सक्नेछन्। तर, अन्तिम महिनामा प्राप्त कुपनहरु मसिक लक्की ड्रमा समावेस नभई मेघा लक्की ड्रमा मात्र समावेस गरिने कम्पनीले जनाएको छ।

मासिक लक्की ड्रमा समावेश भएको, तर उपहार जित्न नसकेको कुपन योजनाअन्तर्गतको अन्तिम महिनाको कुपनसँगै मेगा लक्की ड्रमा पुनः समावेश हुनेछ भने मेगा लक्की ड्रमार्फत २ जना भाग्यशाली ग्राहकले ५ तोला सुन, ४ जनाले ३ तोला सुन, ६ जनाले २ तोला सुन, ८ जनाले १ तोला सुन र १० जनाले आधा तोला सुन उपहारमा जित्न सक्नेछन्।

लक्की ड्रको कुपनमा उल्लेखित विवरण र मोबाइल नम्बरको आधारमा विजेता घोषणा गरिने र सोही आधारमा ग्राहकले उपहार दावी गर्नुपर्ने कम्पनीले जानकारी गराएको छ। यो उपहार योजना २०७९ मंसिर १८ देखि नेपालभर लागू गरिएको छ। स्क्रयामार्फत हात खाली नजाने पक्का उपहारअन्तर्गतको नगद उपहार सिमेन्ट खरिद गर्ने वितरकबाट तुरुन्तै प्राप्त हुने तथा सुन र चाँदीको लागि मोबाइल नम्बर ९८०१११४६५८ मा सम्पर्क गरी शिवम् सिमेन्टको विक्री कार्यालयहरूबाट प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस