अब छिटो स्थिर सरकार बनाऊ

मंसिर २०, काठमाण्डौ । गत मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष र समानुुपातिक तर्फको अन्तिम नतिजा सार्वजानिक भएको छ । समानुपातिकको मत हिसाब गरेर निर्वाचन आयोगले राजनितिक दलले पाउने पद संख्याका टुंगो लगाउन बाँकी छ ।

उता, प्रत्यक्षतर्फ भने नेपाली कांग्रेस ५७, नेकपा एमाले ४४, नेकपा माओवादी केन्द्र १८, एकीकृत समाजवादीले १०, राष्ट्रिय स्वतन्त्र पार्टीले ७, जनता समाजवादी पार्टीले ७, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७, लोकतान्त्रिक समाजवादी पार्टीले ४, नागरिक उन्मुक्ति पार्टीले ३, जनमत पार्टीले १, नेपाल मजदुर किसान पार्टीले १, राष्ट्रिय जनमोर्चाले १ र स्वतन्त्र उम्मेदवारले ५ सिट जितेका छन् ।

निर्वाचनको परिणाम ठुला भनिएका र गठबन्धन गरेका राजनितिक दलहरुले सोचे अनुरुपको पक्कै पनि आएको छैन। यो पटकको निर्वाचनमा जनताले विकल्प रोजेका छन् । चल्तापुर्जाका राजनितिक दलका नेताहरुलाई जनताले पाखा लगाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी जनमत पार्टी जस्ता पार्टीहरुको उदयमान भएर आएका छन् । जनताले कसैलाई पनि बहुमत दिएका छैनन् यसको अर्थ मिलिजुली सरकार बनाउनु नै हो । स्पष्ट बहुमत नहुँदा अब कस्तो सरकार बन्छ भन्ने चासो मतदातामा छन् । हुन पनि आफूले दिएको भोटको कदर कसरी हुन्छ जान्न पाउनु मतादाताको अधिकार हो ।

प्रत्यक्षतर्फको मतपरिणाम आइसकेको अवस्थामा पनि कुनै दलले अबको कसको नेतृत्वमा सरकार बन्छ भनेर स्पष्ट भन्न सकेका छैनन् न त आफूलाइृ दाबी नै गर्न सकेका छन् । सत्ता गठबन्धनबाट सरकार बन्ने आँकलन गरिएको छ । पछिल्ला राजनितिक भेटघाटले त्यही संकेत गरेको छ । तर कसस्को नेतृत्वमा ? प्रश्न यहाँ छ । नेकपा एकिकृत समाजवादी दल राष्ट्रिय दल समेत बन्न नसक्दा प्रधानमन्त्रीको दाबी अध्यक्ष माधव कुमार नेपालले गर्न सुहाउँदैन । बाँकी ठुला भनेका माओवादी र कांग्रेस नै हुन् । तर पछिल्लो चुनावी नतिजा माओवादीको लागि पनि सुखद् छैन । हुन त पतन उन्मुख बनेको पार्टीले गठबन्धन गरेर भएपनि आफ्नो लाज राखेको छ । तर अध्यक्ष प्रचण्डमा प्रधानमन्त्री मोह देखिएको उनका अभिव्यक्तिले थाहा हुन्छ । चुुनावी प्रचारका क्रममा समेत भावी प्रधानमन्त्री दाबी गरेका उनले अहिले नेकपा एमालेसँग पनि संवाद अगाडी बढाएका छन् । विगतका राजनितिक तिक्तता भुुलेर उनले चुनावी नतिजा पछि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बधाई साटासाट गर्दै संवादका ढोका खोलेका छन् जुन हिजो एमाले सचिव रघुवीर महासेठसँग सत्तागठबन्धनको बेठक अघि भएको अर्थपूर्ण भेटघाटले पुष्टि गर्छ। यस्तो संवादबाट प्रचण्डले कांग्रेससँग बार्गेनिङको प्रयास गरेको स्पष्ट बुुझ्न सकिन्छ ।
उता प्रधानमन्त्रीको प्रमुख दाबेदार दल नेपाली कांग्रेस भित्र आफ्नै छुट्टै लफडा छ । दलभित्र नयाँ पुराना सबै प्रधानमन्त्रीको आकांक्षी छन् । युवा नेता गगन थापाले आफ्नो दाबी प्रस्तुत गर्दा पाँच पटक प्रधानमन्त्री बनिसकेको पार्टी सभापति शेरबहादुर देउवापनि पछि हटेका छैनन् । शेखर र शशांक कोइराला पनि अबको पालोमा छन् भने रामचन्द्र पौडेल र प्रकाशमान सिंह पछि दौडमा छन् ।
यस्तो कहिले सरकार बन्छ ? अब तत्काल स्थिर सरकारको आवश्यकता छ । नाजुक बनेको आर्थिक अवस्थामने सुधारको लागि स्थिर सरकार आवश्यक छ । जनताले कसैलाई पनि बहुमत नलिदएकोले गठबन्धनबाटै सरकार बन्ने पक्का छ यस्तो छ नयाँलाई समेत अवसर दिएर छिटो सरकार बनाऊन पहल गनुपर्छ । देशको सम्बृद्धिको लागि पछिल्ला किचलो बिसिंएर जनता आफ्नो दुख गरेर खान चाहन्छन् । बस सरकार स्थिर बन्न परो ।

संम्बन्धित समचार

Leave a Reply