‘इन्गेजमेन्ट’ टुटेपछि युवतीले केटाकै घरमा गरिन् ‘आत्मदाह’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर २०, मंगलबार (१ साल अघि)
  • ६ पटक पढिएको
Post Thumbnail

मंसिर २०, काठमाण्डौ । विवाह पक्क गरेर गरिएको ‘इन्गेजमेन्ट’ टुटेपछि एक युवतीले आत्मदाह गरेकी छिन् । काठमाडौं बानेश्वरकी २६ वर्षीया पुष्पा न्यौपानेले ‘इन्गेजमेन्ट’ रद्द हुँदा युवतीले केटाकै घरमा पुगेर ‘आत्मदाह’ गरेकी छन् ।

गएको आइतबार साँझ न्यौपानेले धुम्बाराहीस्थित केटाको घरमा पुगी आफ्नो शरीरमा पेट्रोलियम पदार्थ छर्किएर आगो लगाएकी थिइन् । त्यसपछि गम्भीर घाइते भएकी उनको उपचारका क्रममा सोमबार बिहान कीर्तिपुर अस्पतालमा मृत्यु भएको काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।
उनको मृत्यु शंकास्पद भएको भन्दै परिवारले प्रहरी वृत्त, महाराजगञ्जमा किटानी जाहेरी दिएको छ । न्यौपानेको मृत्यु भएपछि न्यौपानेको परिवारले इन्गेजमेन्ट गरेका २९ वर्षका मधु संग्रौलासहित उनको परिवारका सुधन संग्रौला, ५७ वर्षका दिनेश संग्रौला र बिन्दु संग्रौलाविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दिएको छ ।

प्रेम सम्बन्धमा रहेका पुष्पा र झापा घर भई धुम्बाराहीमा बस्दै आएका सुधन संग्रौलाबीच इन्गेजमेन्ट भएको थियो । केही दिनअघि मात्र इन्गेजमेन्ट टुटेपछि आइतबार साँझ पुष्पाले सुदनको घरमै पुगेर आफ्नो शरीरमा आगो लगाएकी हुन् । पारिवारिक सहमतिमै उनीहरूको इन्गेजमेन्ट भएको बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस