दिल्लीमा १५ वर्षपछि भाजपाको हार, आम आदमी पार्टीको बहुमत पक्का !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७९ मंसिर २२, बिहिबार (२ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

मंसिर २२, काठमाण्डौ । भारतको राजधानी नयाँ दिल्लीमा भएको स्थानीय चुनावमा आम आदमी पार्टीको बहुमत आउने पक्का भएको छ । १५ वर्षदेखि भारतीय जनता पार्टी भाजपाले बहुमत हासिल गर्दै आएको दिल्ली नगर निगमको चुनावमा यसपटक आम आदमीले किल्ला तोडेको हो । कुल २ सय ५० सदस्यीय दिल्ली नगर निगम एमसीडी सदनमा आम आदमी पार्टीले १ सय ३४ सिट जितेको छ भने भाजपाका उम्मेदवारले १ सय ४ वडामा जितेका छन् । नतिजाको अन्तिम घोषणा भने भइसकेको छैन ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भाजपाले १५ वर्ष लगातार तीन कार्यकाल बहुमत ल्याएको थियो । दिल्लीमा वडा अध्यक्षले मेयर चुन्ने भएकाले अब मेयर पनि आम आदमी पार्टीकै हुनेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस