आज धान्य पूर्णिमा एवं योमरी पूर्णिमा मनाइँदै

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७९ मंसिर २२, बिहिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर २२, काठमाण्डौ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवम् दानगरी धान्यपूर्णिमा पर्व मनाइँदै छ । मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कूलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पिठो पिँधेर सेल, बाबर, पुरी र मालपुवा बनाएर चढाउने परम्परा छ । यसअघि नवअन्नप्राशन नगरेकाले आजै नवान्नप्राशन गर्नुपर्ने धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

यस अवसरमा काभ्रेपलाञ्चोकको धनेश्वर, भक्तपुरको अनन्तलिङ्गेश्वर, काठमाण्डौको चम्पादेवी, नुवाकोटको शिखरबेसी र दुप्चेश्वरलगायत ठाउँमा समेत मेला लाग्ने गर्दछ । यस्तै, नयाँ धान भित्र्याएको खुसियालीमा नेवार समुदायले आज योमरी पूर्णिमा मनाउँदैछन् । योमरी पूर्णिमालाई योमरी पुह्नी पनि भनिन्छ ।
यो पर्वलाई खाद्य पदार्थको रसिलो पर्वका रूपमा पनि लिइन्छ । योमरी नयाँ धानबाट बनेको चामलको पिठो, चाकु र तिलबाट बनाइन्छ । नेवार समुदायले पनि धान राख्ने भकारी वा कोठीमा पनि पूजाआराधना गरेर योमरी पूर्णिमा मनाउँछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस