कालीकोटमा आयोडिनयुक्त नुनको अभाव

  • अनलाइन केन्द्र
  • / कला/संस्कृति /
  • २०७९ मंसिर २३, शुक्रबार (१ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

मंसिर २३,कालिकोट । कालीकोटमा आयोडिनयुक्त नुनको अभाव भएको छ । आयोडिनयुक्त नुन वितरण गर्ने साल्ट ट्रेडिङ कर्पोरेशन शाखा कार्यालय मान्ममा आयोडिनयुक्त नुन सकिएका कारणले नुनको अभाव भएको हो ।

कालीकोटमा साल्ट ट्रेडिङ कर्पोरेशनले आयोडिनयुक्त नुन बिक्री गर्दै आएकोमा ठेकेदारले नुन ढुवानी नगर्दा अभाव भएको हो ।

चालु आर्थिक वर्षमा आयोडिनयुक्त नुन ढुवानीको जिम्मा लिएको नमूना ढुवानी सेवाले ३ हजार ५ सय क्विन्टल आयोडिनयुक्त नुन ढुवानी गर्नुपर्नेमा अहिलेसम्म ३ सय ५५ क्विन्टल मात्र ढुवानी गरेको साल्ट ट्रेडिङ कर्पोरेशन शाखा कार्यालय कालीकोटका कर्मचारी लालबहादुर बमले जानकारी दिए ।

‘अहिले डिपोमा आयोडिनयुक्त नुन पनि सकिएको छ,’ उनले भने, ‘हामीले बिक्री गर्दै आएको सहुलियतको नुन ढुवानीको जिम्मा लिएको ठेकेदार कम्पनीले ढुवानी नगर्दा नुनको अभाव भएको हो ।’

साल्ट ट्रेडिङ कर्पोरेशन शाखा कार्यालय कालिकोटले अर्को सूचना नआएसम्म गाउँका नागरिकलाई आयोडिनयुक्त नुन लिन नआउन आग्रह गरेको छ ।

ढुवानीकर्तालाई नियमित ताकेता गर्दा पनि मागअनुसार नुन ढुवानी नगरेको शाखा कार्यालयका कर्मचारी बमको भनाइ छ ।

‘आयोडिनयुक्त नुन ढुवानी गर्नका लागिका ठेकेदार कम्पनी मानेनन्,’ उनले भने, ‘ढुवानीका अन्य विकल्पका विषयमा छलफल भइरहेको छ ।’

कालीकोट जिल्लामा साल्ट ट्रेडिङ कर्पोरेशनले अन्य ठाउँको भन्दा सहुलियत दरमा नुन बिक्री गर्ने गरेको बमले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस