मंसिर २३,धादिङ । आठौँ धादिङ महोत्सव पुष ७ देखि १७ गतेसम्म संचालन हुदैछ । यसैबीच महोत्सवमा पालिकाका प्रदर्शन योग्य सम्भावित बस्तुहरुको विषयमा विभिन्न गाउँपालिका प्रमुखहरुसंग मुल आयोजक समितिले छलफल गरेको छ । खासगरी जिल्लाको उत्पादन,सांस्कृतिक सम्पती,कला साहित्य र आर्थिक दृष्टिकोणले महत्व पाएका उत्पादनहरुलाई विशेष प्राथामिकतामा राखिएको छ ।
पालिकाका प्रदर्शन योग्य सम्भावित बस्तुहरुको सुचि निम्नप्रकार रहेका छन् ।
धुनीवेशी नगरपालिका
अदुवा, उखु,
थाक्रे गाउँपालिका
उखु
सिद्धलेक गाउँपालिका
कौह्रा नृत्य, सालैजो र मह
ज्वालामुखी
खरी पिँडालु
त्रिपुरासुन्दरी
मास, भटमास, तिल
गंगाजमुना
ब्यानर ब्रोसर
रुवीभ्याली
रुवी ढुङ्गा, जुडिबुडी, आलु र सिमी
खनियावास
घोडचढी नृत्य
बेनिघाटरोराङ
सुन्तला तरकारी चेपाङ झाँकी
गजुरी गाउँपालिका
चेपाङ बाजार तामाङ झाँकी