शेयर बजार ३१.९७ अंकले घट्यो, एक अर्ब १० करोडको कारोबार !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ मंसिर २५, आईतबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर २५, काठमाडौं । साताको पहिलो दिन धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ३१.९७ अंक घटेर बन्द भएको छ । गत बुधबारको तुलनामा नेप्से परिसूचक १.६७ प्रतिशत घटेर १८८५.३१ विन्दुमा बन्द भएको छ । घटेको बजारमा केही लघुवित्त कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

यस दिन सेयर मूल्य सर्वाधिक बढेका १० वटा धितोपत्रमध्ये ६ वटा लघुवित्त कम्पनी छन् । सीवाईसी लघुवित्त वित्तीय संस्था लिमिटेडको १० प्रतिशतले सेयर मूल्य वृद्धि भएको छ भने समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य पनि ९.९९ प्रतिशतले वृद्ध भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस