माउन्टेन फिल्म फेस्टिबल: जगत लामाको चलचित्र ‘कमुरी : अ फादरर्स ड्रिम’ प्रदर्शन

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७९ मंसिर २५, आईतबार (२ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

‘काठमाडौँ इन्टरन्यासनल माउन्टेन फिल्म फेस्टिबल’ (किम्फ)को सोह्रौँ संस्करण चलिरहेको छ । राष्ट्रियसभा गृह र नेपाल पर्यटन बोर्डमा यही मङ्सिर २५ (भोलि)सम्म सञ्चालन हुने सो फिल्म फेस्टिबलमा जगत लामाको चलचित्र कमुरी : अ फादरर्स ड्रिम आइतबार प्रदर्शन गरिएको छ । सो चलचित्रका निर्देशक सिन ओ कोन्नर छन् । नुवाकोटको बेलकोटगढिका मेयर जगत लामाको जिवन काहानी र सोही ठाँउको जिवनीसंग केन्द्रित रहेर बनेको चलचित्र हेर्न राष्ट्रिय सभामा घुइचो लागेको थियो । उनको चलचित्र हेर्न भर्खरै निर्वाचित प्रतिनिधि सभाका सांसद हितबहादुर तामाङ,बिमला सुवेदी,बागमती प्रदेश सांसद रामप्रसाद ढुंगाना, बेलकोटगढि नगरपालिकाका उपप्रमुख शिव दाहाल,धुनिवेशी नगरपालिका वडा नम्बर ६ का अध्यक्ष रमेश आचार्य लगायतले चलचित्र हेरेका थिए । लामाको चलचित्र हेर्ने क्रममा दर्शकका आखा भरिएका थिए ।

चलचित्र हेरिसकेपछि दर्शकले सो फिल्मका विषयमा टिप्पणी गरेका थिए । दर्शकले फिल्म सन्देशमुलक रहेको भन्दै एकजना सकारात्मक चिन्तन भएको व्यक्तिले चाहे पुरै समाजको परिवर्तन गर्न सकिने उदाहरण पेश गरेको बताएका थिए । चलचित्रमा लामाको बाल्यकाल र बुवाको आकास्मिक निधन,कुमरीमा स्वास्थ्य संस्थाको अभाव र अन्तिम क्षणमा लामालाई आफ्ना बुवाले देखेको सपनालाई वास्तविक रुपमा प्रस्तुत गरिएको थियो । चलचित्र हेरेपछि प्रतिनिधि सभाका सांसद हितबहादुर तामाङले लामाको वास्तविक जिवन र उनले समाजमा पुर्याएको योगदानलाई चलचित्रले प्रष्ट पारेको प्रतिक्रिया दिएका थिए ।

चलचित्रको विषयमा संक्षिप्त प्रतिक्रिया दिँदै आफ्नो व्यक्तिगत जिवन काहानीमा केन्द्रित भएर चलचित्र बनेपनि चलचित्रले समग्र समाजको प्रतिनिधित्व गर्ने बताए । उनले आफुले समाजको लागि सक्नेसम्म जिवनभर गरिरहने बताए । कुमरी हाल बेलकोटगढि नगरपालिकामै पर्छ । हाल बेलकोटगढिको मेयर जगत लामा रहेका छन् ।

यो वर्ष पनि किम्फमा वृत्तचित्र, कथानक चलचित्र, लघु चलचित्र, प्रयोगवादी र एनिमेसन फिल्म देखाइएको हो । काठमाडौँ महानगरपालिका सहआयोजक रहेको किम्फ २०१८ को नारा ‘वुमन मुभ माउन्टेन्स’ भन्ने रहेको छ । महोत्सवका अध्यक्ष वसन्त थापाले महोत्सवको उद्देश्य समाजमा महिलाको भूमिका र सहभागिता फिल्मको माध्यमद्वारा अगाडि ल्याउन रहेको बताए ।

महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा परेका १४ फिल्ममध्येबाट उत्कृष्ट तीन फिल्म र नेपाल पानोरमाअन्तर्गत परेका २० वटा फिल्मबाट उत्कृष्ट वृत्तचित्र तथा कथानक चलचित्रको छनोट गरिने छ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुने फिल्मलाई क्रमशः अमेरिकी डलर एक हजार ५००, एक हजार र ५०० बराबरको नगद पुरस्कार प्रदान गरिने छ ।

नेपाल पानोरामाअन्तर्गत आख्यान र गैरआख्यान विधामा क्रमशः रु एक लाख र रु ७५ हजार पुरस्कारको व्यवस्था गरिएको छ । महोत्सवमा प्रदर्शित उत्कृष्ट पर्वतीय फिल्मलाई एक हजार अमेरिकी डलरका पुरस्कार दिइने छ ।

किम्फको उत्कृष्ट साहसिक फिल्मलाई आपा शेर्पा फाउण्डेशनले एक हजार अमेरिकी डलरको पुरस्कार प्रदान गर्नेछ र सबैभन्दा बढी दर्शकको रोजाइमा पर्ने फिल्मलाई ‘अडियन्स अवार्ड’ को पुरस्कारका साथ रु ५० हजार प्रदान गरिने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस