अफगानस्तानको सेनाले गोली चलाउँदा ६ जना पाकिस्तानीको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७९ मंसिर २६, सोमबार (२ साल अघि)
  • १० पटक पढिएको
Post Thumbnail

 

मंसिर २६, काठमाण्डौ । पाकिस्तान र अफगानिस्ताबीच सीमा क्षेत्रमा तनाव बढ्दै गएको छ। पाकिस्तान र अफगानिस्तानबीच बलुचिस्तान–कन्दाहार सीमामा आइतबार दिउँसो भएको गोली हानाहानमा ६ पाकिस्तानी नागरिकको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

यस हमलापछि जारी गरिएको एक विज्ञप्तिमा पाकिस्तानी सेनाले अफगान सुरक्षा बलले उत्तेजना आएर हमला गरेको आरोप लगाएको छ ।
पाकिस्तानी सेनाले यो आक्रमणमा अफगानिस्तानको सुरक्षा बलले तोपखाना र गोलाबारुदको प्रयोग गरेको र त्यसपछि पाकिस्तानी सीमा सुरक्षा बलले जवाफी कारबाही गरेको बताएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार कान्दाहारका प्रहरी प्रवक्ता हाफिज साबेरले यस हमलामा एक अफगान सैनिकको पनि मृत्यु भएको र तीन सर्वसाधारणसहित अन्य १० जना घाइते भएको बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस