हारेका महान हस्तिहरुका सम्झनामा

ओ नायक

तिमिले हारेको हैन तिमिलाइ हराएको हो
यत्रो गठबन्धन र तिम्रो आगमनलाई हेर्दा
तिमिलाइ धेरै जनले मन पराएको हो
अलिकती मत छुटेपनि
हिम्मत कैले नछुटोस
अनि, अलिकती अभिमत नपुगे पनि
जन्तालाइ दिने इज्जत कैले नघटोस
ओ नायक
अङ्गकमा लायक नरहे पनि
यो समाजको सधै साहयक
बनिरहेस ओ नायक ,
अनि तिम्रा ति आबाजहरु अब
यो गाउमा नगुन्जिए पनि
यि गाउँघर गरिबका आवाजहरु
बनाएर यो युगको गित गुङ्गुनाइरहेछ
ओ नायक
  के तिमिलाइ थहा छ
 सबै सिनेमाहरुको अन्त्यमा
   सधै सत्य बिजयी हुदैन
कुनै कुनै ट्राजेडि चलचित्रमा
हिरोले हारेको ईतिहास हामिलाइ थहा छ ।
तर,
नसम्झनु यो कुनै कथाको बियोगान्त पल हो
तिमिमाथी परेको बज्रपात हो
कसैले गरेको कुठाराघात हो
सम्झनु कुनै कुनै अन्त्य पनि
एउटा एउटा मीठो सुरुवात हो
आखिर घाम न आएर ऐले
  सुर्य अस्ताएर के भो
सम्झनु यो
 त्यहि कान्तिकारी प्रभातका लागि आउदै गरेको
 एउटा अँध्यारो रात हो ।
ओ नायक
 पढ बरु बाइबल गिता भागवत
अनि,पटकपटक हारेकाहरुको जिवनग्रन्थ
युद्दसङ्ग्राम र रण मैदानमा जितको मन्त्र
धर्तिमाताको लागि ग्याता कहलिएका कुपुत्र
के यहि, नै हो यो दुनियामा बिजयको सुत्र?
चलखेल जालझेल ठेलाम्ठेल
र पाच टाउकेहरुको पेलाम्पेलले पराजित भए पनि
परिणाम बिपरित भए पनि
याद राखेस नायक
तर,यो प्रकृति
कैले पनि रित बिपरित अघि बड्दैन ।
र धैर्यता पनि एउटा जित हो नायक
र यो कलियुगको गिता हो यो तिम्रो अस्मिता हो
र यो अपराजिता हो तिम्रो अग्निपरिछ्या हो ।
एसिसन 999 चोटि असफल भएर पनि
कैले हार मानेनन
नितन्तर अथक मेहनत गरिरहे
र एक हजार पटकको प्रयासमा
एउटा बल्ब लाइटको आबिस्कार गरे
र जगतमा ज्योती फिजाएर
यो सन्सार उज्यालो बनाए ।
यो त केवल एक हो ,
   ओ नायक ,
दुस्मनको हजार छर्हाको प्रहारबाट
यो देसको कुनै कुशल सिपाही
नसके कुनैदिन वीर सहिद बन्ला
ओ नायक
तर, यो भेद गर्ने बिबेक राखेसकि
यो कान्ड प्रापोगाण्ड प्रपन्च कस्ले रच्यो?
इतिहासमा महान हस्तीहरुले किन हार्नु परेथ्यो?
र महाभारत रामायण कस्ले र कसरी जितेथ्यो
राम बनेर बाच्न बहुद गार्हो रहेछ
र केवल काम गरेर मात्र हुदैन
केही छलछाम पनि गर्नु पर्दोरहेछ
नायक
र यो ब्यहवारको भन्दा ज्यादा
प्रचारको सन्सार हो  ।
र यहाँ सुरुमा कुरुछेत्रमा
सोझो रुख जहिल्यै पहिल्यै काटिन्छ  ।
पैले, सत्य युग थियो
ऐले, समय उल्टियो
यसैले ,नाइटोमा हानेर
बचनको बाण रावणले बदला लियो ।
फेसबुकमा कुनै युगमा
कलियुगमा
तिमिलाइ बदनाम गराउने गुलाम को हो?
यो छ्यणको लछ्यमण को बिभुषण को हो
लङ्गेश्वर रावणले थापेको पाषण के हो?
 बादर को हो
हनुमान को हो अनि मरिचमान को हो?
र पहलवानहरु हराउने बलवान को हो?
ओ नायक
तिम्रो शक्तिले
सत्ता दर्सक श्रोता नजिते पनि
मेरो कबिता जित्यो।
यो भिजेको त्यही कागज
हो जहाँ, द्वन्दकालमा गोलि लागेर
रगत बगिरहेको बखत
तिम्रा मानबताबादी हातहरुबाट
मलम लाएर सोझिएका परेवाका प्वाखहरुले
कोरिएका अछ्यरहरुमा तिमी अङ्गकित छौ
तिमि युठिस्ठिर बसन्तशिर्शिर रितुको
तापले पग्लिएर झरेको पातसङ्गै खसेको सितको एक थोपा हौ
अनि ,असङ्गख्य अन्तरघातहरुबाट
खसेको आसुको एक थोपा हौ
     घामको लागि
अनि, एक यामको लागि
    बिलय भएको,
पानीको एक पौका हौ
जो आफू जन्मिएको जमिनबाटै बिलिन भयो
भन्ने , भ्रम भएकै बेला
कुनै दिन तर त्यस्तो दिन पनि आउला
ओ नायक
जहाँ, यामहरु फेरिएला
नया पालुवा भएर अट्टाहासहरु पलाउला
र उ आउला
 बर्सौ पुरानो प्यास मेटाउन
   वर्षा भएर
एक नयाहर्सा भएर ।
 चोट खपेरै मान्छे महान भएको हो
दुनियामा
  घाम सहेरै मकै मुल्यवान भएको हो
अनि, काम गेरेरै खियाहरु हराएका हुन
फलाममा नया धारहरु पलाएका हुन
र प्रहार खपेरै अचानो अनुभबी भएको हो ।
अन्तरघातबाट खसेको आसुको एक थोपा
  अनि, झारपातबाट झरेको सितको एक झोका जो
 आउला कुनैदिन भयङ्गकर बर्षात भएर
सितलता छर्दै , कसैको प्यास भर्दै
लौरो नहतियार बादरको पुच्छर
अनि आगोको बिस्वास हराएपछि
पानी भएर भिजाउला
र लैजाला राज्यहरु
श्रीलङ्गा साम्राज्यहरु ।
तिम्रो अधिकारमा कसैको भाग लागेको छ
 आज
तिम्रो अनुहारमा दाग लागेको छ ।
तर,ओ नायक
यो हार गोल को हो
रोलको हैन
ओ नायक
तर यो हार अभि मतको हो
हिम्मतको हैन ।
ओ नायक
 तिम्रो घरको छत बाट हेर त्यो टाढाको जुनलाई हेर
 जो निधारमा खत बोकेर पनि
जगतमा प्रकाश पुर्याइरहेछ
हर रात उज्यालो बनाइरहेछ ।
आफू पिडित भएर पनि
जो यो दुनियाको हकहित दिलाइरहेछ ।
कलियुगको नायक: कुनै दिन पर्खिरहेस
एक !अदिप्त दिब्य दिपक बनेर,
ओनायक
सारा जमिनलाइ धर्तिमाता मानेर
जननि जन्मभुमीमा एउटा जुनतारा
र हर्दम….सबैको साहारा बनिरहेस :
………………
#बिस्वकपमा पराजय भोग्नु परेका सबै दाबेदार देसहरु
अनि स्वदेसमा हारेका सबै होनाहार उमेद्वारहरु प्रतिसमर्पित
✍️Sujan budhathoki
   Ratuwamai-morang

संम्बन्धित समचार

Leave a Reply