मध्यरातमा अनिताको भिडियो

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७९ मंसिर २७, मंगलबार (२ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

काठमाण्डौ । नेपाली कलाकारिता क्षेत्रमा अहिले नायिका तथा मोडल अनिता गिरिको चर्चा बढ्दो छ। विगत सात वर्षदेखि कला क्षेत्रमा अनवरत रुपले काम गर्दै आएकी अनिता विभिन्न म्युजिक भिडियो, टीभीसी एड, सर्ट फ्लिम हुँदै अहिले ठूलो पर्दामा ‘द आउट लयर’मा देखिँदै छिन्।

सानै उमेरदेखि कला क्षेत्रमा लागेकी उनी एउटा कुशल कलाकार बन्न जस्तोसुकै भूमिका निर्वाह गर्न सक्षम रहेको मान्यता राख्छिन्। अनिता आफ्नो कलाले सबैको मन जित्न चाहन्छिन्। उनले आफ्नो परिचयात्मिक सिनेमाटिक भिडियो मध्यरातको १२ बजे आफ्नो युट्युब च्यानलबाट सार्वजनिक गरेक छन्। हाल उनी कला क्षेत्रमा आबद्ध भएका हस्तीहरूसँग सहकार्य गर्दै छिन्।

सो सिनेमाटिक भिडियोलाई सम्पादन पदम सुवेदीले गरेका हुन् भने कलर ग्रेडिङ मिलन विश्वकर्माको छ। यस्तै छायांकन विनोद तामाङ र सुभास श्रेष्ठ प्रधानले निर्देशन गरेका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस