सेन्ट लरेन्स स्कुलमा रक्तदान तथा स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न

Post Thumbnail

मंसिर २७,काठमाडौँ । सेन्ट लरेन्स स्कुलले आज एक दिने निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना गरेको छ । सेन्ट लरेन्स स्कुलमा आयोजित स्वास्थ्य शिविरमा सेन्ट लरेन्स स्कुल तथा कलेजका विद्यार्थी एवं अभिभावकले स्वास्थ्य सेवा लिएका छन् । झण्डै १ हजार जनाले शिविरको लाभ लिएको सेन्ट लरेन्स कलेजका प्रबन्ध निर्देशक तारा सुवेदीले अनलाइनकेन्द्रलाई जानकारी दिए ।

शिविरमा विद्यार्थी  एवं अभिभावकले सामान्य चिकित्सा,प्रसुति तथा स्त्री रोग,हाडजोर्नी तथा नसा,बाल रोग,शल्यक्रिया सर्जरी, छाला रोग,आखा परिक्षण तथा उपचार,दन्त सेवा,नाक कान तथा घाँटी भिडियो एक्स रे तथा ल्यावको सुविधा लिएका लिएका थिए । काठमाडौँ मेडिकल कलेज तथा शिक्षण अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित शिविरलाई लाइफ लाइन हेल्थ कियरले सहयोग गरेको थियो । स्वास्थ्य शिविरले स्कुल तथा कलेजको विद्यार्थीका रोग निदान तथा पहिचानमा सहयोग पुर्याएको सेन्ट लरेन्स कलेजका अध्यक्ष केशव प्रसाद दंगालले जानकारी दिए ।

६४ जनाले गरे रक्तदान

स्कुलमा आयोजित रक्तदान कार्यक्रममा ६४ जना सहभागी भएका छन् । रक्तदान कार्यक्रममा विद्यार्थीको उत्साहजना सहभागिता रहेको थियो । महिला तथा पुरुष गरेर ६४ जनाले रक्तदानमा सहभागीता जनाएको प्रबन्ध निर्देशक सुवेदीले जानकारी दिए । रक्तदानमा सहभागीलाई नेपाल रेडक्रस सोसाईटी र स्कुलको तर्फबाट धन्यवाद पत्र प्रदान गरिएको थियो । रक्तदान नै जिवन दान भन्ने अभिप्रायको साथ स्कुलले रक्तदान कार्यक्रम आयोजना गरेको अध्यक्ष दंगालले बताए ।

सेन्ट लरेन्स स्कुल तथा कलेजले विद्यार्थीको लागि विभिन्न किसिमका कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । सोही कारण पनि सो शिक्षण संस्थामा विद्यार्थीको आर्कषण रहेको अभिभावकहरु बताउने गर्छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस