क्रोएसियालाई ३‍-० ले हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ मंसिर २८, बुधबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर २८, काठमाण्डौ । कप्तान लियोनल मेसीप्रेरित अर्जेन्टिना लुसेल रंगशालामा मंगलबार क्रोएसियामाथि ३–० को सानदार जित निकाल्दै विश्वकप २०२२ को फाइनलमा प्रवेश गरेको छ । विश्व फुटबलले पाएको सर्वकालीन महानमध्येका एक खेलाडी ३५ वर्षीय मेसी पाँचौँ प्रयासमा विश्वकपको उपाधि जितेर आफ्नो करिअरलाई सार्थक बनाउन चाहन्छन् ।

त्यसैअनुसार उनले कतारमा भइरहेको २२ औं संस्करणमा प्रदर्शन पनि गरिरहेका छन् । चार वर्षअघिको उपविजेता क्रोएसियाविरुद्ध मेसीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । त्यसपछि जुलियन अलभारेजले दुई गोल गर्दै अर्जेन्टिनालाई ८ वर्षपछि फाइनलमा पुर्‍याएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस