आठौँ धादिङ महोत्सवमा बृहत कृषि मेला तथा प्रदर्शनी हुने, उत्कृष्ट हुने कृषकलाइ नगद पुरस्कार

मनिष दुवाडी_______________

मंसिर २८, धादिङ । आठौँ धादिङ महोत्सव २०७९ मा बृहत कृषि मेला तथा कृषि उपजहरुको प्रदर्शनी हुने भएको छ । कृषि ज्ञान केन्द्र धादिङ र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धादिङको संयुक्त समन्वयमा महोत्सवस्थलमा बृहत कृषि मेला तथा प्रदर्शनी हुन लागेको हो । कृषकहरुले उत्पादन गरेको विभिन्न कृषि उत्पादनहरुलाइ ९ विधामा बर्गिकरण गरिएको छ । हरेक विधामा प्रथम द्धितीय, तृतीय र सान्त्वना स्थान हात पार्नेहरुलाइ नगद पुरस्कारको ब्यवस्था गरिएको धादिङ महोत्सवको कृषि प्रदर्शनी ब्यवस्थापन समितिका संयोजक उमेश रुवालीले जानकारी दिए ।

प्रदर्शनीमा खाद्यान्न बाली समुह, दलहन बाली समुह, आलुवाली समुह, तरकारी बाली समुह, काउली बाली समुह, फलफुल बाली समुह, नगदेबाली समुह, विविध समुह (मौरी, च्याउ) र रैथाने बाली समुह (लट्टे जुनेलो, कागनु, उवा आदी) मा प्रतिस्पर्धा गराइने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धादिङका प्रमुख होमनाथ लंसालले जानकारी दिए । किसानहरुले उत्पादन गरेको कृषि उपजहरु महोत्सव आयोजना स्थलमा पुस ६ गते विहान १० बजेदेखि ५ बजेसम्म र ७ गते विहान ७ बजेदेखि ११ बजेसम्म दर्ता गर्न सकिने महोत्सव मुल आयोजक समितिले जनाएको छ । प्रतिस्पर्धामा भाग लिएका सवै कृषकहरुको सवै समुहको उत्पादनलाइ प्रदर्शनीमा राखिने बताइएको छ । प्रदर्शनीमा भाग लिन धादिङका कृषकहरुलाइ महोत्सव मुल आयोजक समितिले अनुरोध समेत गरेको छ ।

किसानहरुको कृषि उत्पादन बृृद्धि गराउन प्रोत्साहन गर्न तथा उनीहरुको मेहनतलाइ सम्मान गर्नको लागि कृषि उपजहरुको प्रतिस्पर्धा गराइएको धादिङ उद्योग बाणिज्य संघका महासचिव एवं महोत्सव प्रचार समितिका संयोजक तिलक सिंखडाले जानकारी दिए ।

संम्बन्धित समचार

Leave a Reply