एकदिन अबस्य म फर्केर आउनेछु केही समय पर्ख
जरुर तिम्रो सिउदो रङ्गग्याउनेछु,केही समय पर्ख
*-*******************
एउटा मृग मध्यान्न दिउसो नदिमा आयो
तर, आउन साथ उस्को प्यास हरायो
दबाइ गर्छु गरिबि निर्मुलन भन्यो उस्ले
रोगी र मान्छेहरुलाइ झन जोगि बनायो
……………
जो आउछु भन्थ्यो उ हरायो
र बनाउछु भन्थ्यो के बनायो ?
एउटा मृग मध्यान्न दिउसो नदिमा आयो
तर, आउन साथ उस्को प्यास हरायो
यसैले मैले ऐले रक्सी पिएको हु ।
तिम्रो यादले बहुद सतायो
तीन वटा तन्त्र र सङ्घियता आयो तर
खैत यो देस र जन्ताले आज के पायो ?
अलिकती खुशी थियो जिन्दगिमा त्यो पनि
चोरेर जुनले आफ्नो चेहेरा चम्कायो
दबाइ गर्छु गरिबहरुको भलाइ गर्छु भनेर
मान्छेहरुलाइ झन जोगि र रोगी बनायो ।
तिमिले त तब उस्को मुटुमै लात हान्यौ
क्याबात जब सुजनले छातिमा सजायो
समस्या दुबैलाइ थियो यो याद रहोस
एक जना बिद्दान भो, अर्को बौलायो ।
*************************
तिमिलाइ नसम्झिएको कुनै प्रहर हुदैन
एता तिमिले सम्झिएको कुनै खबर हुदैन
त्यो प्रेम ,प्रेम हैन सायद आकर्षण हो
जुन प्रेम अझर हुदैन , अमर हुदैन
धनवानहरु रण्डिथानमा तातिरहेछन
गरिबको घरमा उत्ता हिटर हुदैन
त्यो रुप यौवन र धनको कै अर्थ छैन
जब सम्म मान्छेको मन, सुन्दर हुदैन
त्यो पागल हो कि त त्यही सफल हो
जस्को जिगरमा कुनै पनि डर हुदैन
तारा टिपेर ल्याउछु र यो देस बनाउछु
भन्नेहरु एकै हुन ,उनिहरुको भर हुदैन
मुल्याङ्गकन हुने भनेको त डनहरुको हो
यहाँ सज्जनहरुको कदापी कदर हुदैन
******||||””’
कै चाहिदैन मान्छे महान बन्नलाइ
समस्या चाहिन्छ समाधान बन्नलाइ
गार्हो भनेको त पसिनाले बाच्न हो
हद बहुद गार्हो छ किसान बन्नलाइ
उस्लाइ राछ्यस बन्न धेर बेर लागेन
मलाइ बर्सौबर्स लाग्यो इन्सान बन्नलाइ
यसैले पनि जिवनभर संघर्ष गर भनेको हो
युगौं लाग्न सक्छ हाम्रो पहिचान बन्नलाइ
काम धन्दा कै चाहिदैंंन थकान आफै हुन्छ
तिम्रो याद आएसी यो दिल हैरान बन्नलाइ
कुल्चेर मान्छेले मान्छेलाई अपमान गरेर
मान्छेहरु दौडिरहेछन आज भगवान बन्नलाइ
°°°°°°°°°°°°°°°°°°°°°°°°°°
के तिम्रो जस्तो दलित र गरिबको रगत छैन
उस्को मान्छेहरुलाइ होच्याउने आदत छैन
त्यो मज्दुर ज्यालादर खोसिएर सहर आएको हो
पैसाको दोकान छ सहरमा पिडितको अदालत छैन
ती सबै बन्कर हुन र त्यो घर घर हैन जङ्गल हो
जुन घरमा एक अर्काको कुनै इज्जत छैन
करोडै कमाएपनि उ कुनै दिन रोड्मा आउँछ
जस्को करोडमा हजार रुपैयानि बचत छैन
यो सरकारलाइ दुइतिहाइको यसैले बनाइयो
यो देसमा इमान्दारहरुको कुनै बहुमत छैन
::::::::::::::::::::::::::::::
टुप्पोमा बादर बसेको हाम्रो घर हो
र हाम्रो सिङ्गो घर चलाउने बादर हो
मायै छैन जस्लाइ कैले दुख्दैदुख्दैन
म भन्छु त्यो मान्छे हैन पथ्थर हो
साथी टिचर घर कोहि पनि कै हैन
मलाइ उठ्न सिकाउने ठक्कर हो
मज्दुरसङ्ग निबेदनको दस्तुर माग्नुहुन्छ
श्रीमान लुटिएको उस्को ज्यालादर हो
यो छातिमा कसैलाइ बस्न दिएको थिए
फुट्यो मुटु सायद त्यसैको असर हो
सरकार र बेरोजगारले कै गर्न सकेन
यो देस सम्भावनाहरुको सागर हो
:::::::::::::::::::::::::::::::
लुकेर अध्यारोमा नजिक आयौ,कुरो बुजि गए
झुकेर अनि मुसुक्क मुस्कुरायौ कुरो बुजि गए
अन्धकार रात चार हात बाहेक कै पनि थिएन
मेरो दुई हात च्याप्प समायौ,कुरो बुजि गए
#####
के छ कसो छ कुनै हाल खबर चाहिदैन
त्यो कुन मान्छे हो जस्लाइ घर चाहिदैन
शितलहरमा थर्थर कापिरहेको अनाथले भन्यो
आमाको काख भए पुग्छ मलाइ हिटर चाहिदैन
बस ! यत्ती एउटा चोट नै काफी छ
जिन्दगी के हो जान्नलाइ टिचर चाहिदैन
उसो भा के चाहिएको छ भनेर सोध्ने मन्छ
जस्ले भन्छ मलाइ अनुहार सुन्दर चाहिदैन
चिया खुवाउने उखु किसान चाहिन्छ हामिलाइ
अब, गु खाने भ्रस्ट लिडर चाहिदैन

sujan budhathoki
ratuwamai-8,morang