पौष १, काठमाण्डौ । भारतको बिहार राज्यको छपरा जिल्लामा विषाक्त मदिरा सेवनका कारण कम्तिमा २६ जनाको मृत्यु भएको छ । विषाक्त मदिरा सेवनबाट बिरामी परेका ९ जनाको छपराकै स्थानीय अस्पतालमा र ११ जनाको पटनामा उपचार भइरहेको बिबिसी हिन्दीले जनाएको छ । ज्यान गुमाउनेहरुको संख्या अझै बढ्न सक्ने बताइएको छ ।
बिरामी भएकाहरुमध्ये केहीलाई आँखा देख्न बन्द भएको र केहीलाई बान्ता भइरहेको स्थानीय अधिकारीहरुले बताएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार उक्त घटना सार्वजनिक भएसँगै छपराका केही प्रहरी अधिकारीहरुलाई निलम्बन गरिएको छ । मंगलबार राति विषाक्त मदिराका कारण केही व्यक्तिहरुको स्वास्थ्यमा समस्या देखिएपछि छपराको सदर अस्पताल भर्ना गरिएको थियो ।