अर्थतन्त्रका सूचकमा सुधार

पौष १, काठमाण्डौ । चालू आर्थिक वर्ष आव को चौथो महिना हुँदा अर्थतन्त्रका सूचकहरूमा थप सुधार देखिएको छ । उच्च शोधनान्तर घाटा र विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि नेपाल राष्ट्र बैंक र सरकारले लिएका रक्षात्मक नीतिले सकारात्मक नतिजा दिएको हो । नेपाल राष्ट्र बैंकले बिहीवार प्रकाशित गरेको पछिल्लो आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनले कात्तिकमा मूल्य वृद्धिदर घट्नुका साथै शोधनान्तर स्थिति, विप्रेषण आप्रवाह, विदेशी मुद्राको सञ्चिति जस्ता सूचकहरू सकारात्मक भएका छन् ।

यसपालि कात्तिकमा उपभोक्ता मूल्यवृद्धि ८ दशमलव शून्य ८ प्रतिशत कायम भएको छ । गत भदौमा ८ दशमलव ६४ प्रतिशत पुगेको उपभोक्ता मूल्यवृद्धि असोजमा ८ दशमलव २६ प्रतिशत कायम भएको थियो । सरकार र राष्ट्र बैंकले चालू आवमा मूल्यवृद्धि ९मुद्रास्फीति० ७ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य दिएका छन् । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

संम्बन्धित समचार

Leave a Reply