४ सयले घट्यो सुनको भाउ, तोलाको कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ पौष १, शुक्रबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पौष १, काठमाडौ । मंसिर महिना सकिएसँगै नेपाली बजारमा सुनको मूल्य घटेन थालेको छ । मंसिर महिना बिहेको सिजन भएर माग बढी हुँदा नेपाली बजारमा सुनको मूल्य बढेर १ लाख नाघेको थियो। पुस लागेसँगै सुन घटेन थालेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४०० रुपैयाँले घटेको छ ।

आज छापावाल सुन तोलामा चार सयले घटेर ९९ लाख ९०० रुपैयाँमा कारोबार भएको छ। बिहीबार तोलाको एक लाख ३०० रुपैयाँमा कारोबार भएको थियो । तेजाकी सुन तोलाको ९९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ। चाँदी तोलाको एक हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस