जलवायु परिवर्तन र गरिबीबारे तथ्यांक संकलनका लागि सर्वेक्षण

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ पौष ३, आईतबार (१ साल अघि)
  • ६ पटक पढिएको
Post Thumbnail

पौष ३, काठमाण्डौ । केन्द्रीय तथ्यांक विभागले जलवायु परिवर्तन र गरिबीबारे तथ्यांक संकलनका लागि सर्वेक्षणको तयारी गरेको छ । विभागले यसै सातादेखि जलवायु परिवर्तन र माघको पहिलो सातादेखि गरिबीको संख्या पत्ता लगाउन नेपालको जीवनस्तर सर्वेक्षण गर्ने तयारी गरेको हो । विभागले यसअघि सन् २०१६ मा जलवायु परिवर्तनसम्बन्धी सर्वेक्षण गरेको थियो । सन् २०११ मा नेपाल जीवनस्तर सर्वेक्षण गरेको थियो ।

सर्वेक्षणअनुसार तत्कालीन समयमा नेपालको जनसंख्यामध्ये २५।२ प्रतिशत गरिबीको रेखामुनि रहेको तथ्यांक सार्वजनिक गरिएको थियो । त्यस्तै, जलवायु परिवतर्नबारे गरिएको अध्ययनमा नेपालका १२ स्थान जलवायु परिवर्तनको जोखिममा रहेको निष्कर्ष निकालिएको थियो । सर्वेक्षणका क्रममा अधिकांशले जलवायु परिवर्तन र यसको रोकथामबारे जानकारी नभएको बताएका थिए । सोही विषयमा बुझ्न यसपटक पुनः सर्वेक्षण गर्न लागिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस