सवारी अनुशासन कारबाहीबाट तीन लाख ५० हजार रुपैयाँ राजश्व

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ पौष ३, आईतबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पौष ३,काठमाडौँ । यातायात व्यवस्था विभागले सवारी अनुशासन कारबाहीबाट तीन लाख ५० हजार रुपैयाँ राजश्व उठाएको छ ।

विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुका अनुसार गएको मङ्सिर महिनामा नियम उल्लङ्घन गर्ने चार सय ५६ जनाबाट तीन लाख ४७ हजार उठाएको हो । उहाँका अनुसार सबैभन्दा धेरै सिल्टबेल्ट नबाँधेको र हेलमेट नलगाएका चार सय ५६ जना चालक कारबाहीमा परेका छन् ।

यो विभागअन्तर्गत रहेको ट्राफिक टिमले गरेको कारबाहीबाट उठेको राजश्व हो । विभागले गरेको अनुगमनमा प्रदूषण स्टिकर नभएको, लाइसेन्स तथा ब्लुबुक नबोकेको, गाडी मोडिफाइड गरेको आदि कसुरमा चालक कारबाहीमा परेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस