पेट्रोलियम ढुवानी गर्ने ट्यांकरको भाडा बढ्यो !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ पौष ३, आईतबार (१ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

पौष ३, काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम ढुवानी गर्ने ट्यांकरको भाडा वृद्धि गरेको छ । शुक्रबारदेखि लागु हुने गरि १९ सय ट्यांकरको भाडा वृद्धि गरेको निगमले जनाएको छ । सञ्चालक समितिले कात्तिक २७ गते गरेको निर्णयलाई निगमले गत पुस १ गते कार्यान्वयन गरेको हो ।

ट्यांकरको भाडा कम्तीमा पनि १० प्रतिशतले वृद्धि भएको छ । नयाँ मुल्य अनुसार बरौनीदेखि जनकपुरको भाडा ३२ सय ५७ रुपैयाँ ९६पैसा कायम भएको छ । त्यस्तै, सिलगुरीदेखि छरालीको नयाँ भाडादर ११ सय १७ रुपैयाँ निर्धारण गरिएको छ । रक्सौलदेखि पोखराको ट्यांकर भाडा ३४ सय १५ रुपैयाँ तोकिएको छ ।

ताजा अपडेट

५७ मिनेट अघि

आज सुनको भाउ कति ?

खोजी गर्नुहोस