सत्ता मोहमा देउवा, सदस्यले मागे केन्द्रीय समिति बैठक !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ पौष ३, आईतबार (१ साल अघि)
  • ६ पटक पढिएको
Post Thumbnail

 

पौष ३, काठमाडौ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि दलहरूको ध्यान सरकार गठन र शक्ति बाँडफाँटमा छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा फेरि पार्टीको संसदीय दलको नेता र प्रधानमन्त्री बन्ने दौडमा छन् ।

चुनावको पूर्ण परिणाम सार्वजनिक भइसक्दा पनि निर्वाचन परिणामको समीक्षाबारे कांग्रेसमा छलफल भएको छैन । आइतबार पनि केन्द्रीय कार्यसम्पादन समितिको बैठक छ । चुनावपछि मात्रै कार्यसम्पादन समितिको यो दोस्रो बैठक हो । देउवाले यही बीचमा पटक पटक पदाधिकारी बैठकसमेत बोलाएका छन् । तर देउवाको ध्यान सत्तामा मात्रै केन्द्रीत भइरहेका बेला उनीनिकटकै केन्द्रीय सदस्यहरूले भने केन्द्रीय समितिको बैठक बोलाएर त्यसबारे छलफल गर्नुपर्ने माग गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस