भारतीय सेना काठमाडौंमा

पौष ४, काठमाण्डौ । भारतीय सेनाका आर्मी ट्रेनिङ कमान्डका चिफ अफ स्टाफ लेफ्टिनेन्ट जनरल जेएस सिन्धुसहितको उच्च स्तरीय भारतीय सैनिक टोली आइतबार काठमाडौं आइपुगेको छ । नेपाल सरकार र भारतीय सरकारबीच सम्पन्न सम्झौताअनुरूप नेपाल(भारत द्विपक्षीय परामर्श समूहका उच्च सैन्य अधिकारीको नेपाल भ्रमण भएको सैनिक मुख्यालयले जनाएको छ । नेपाल भ्रमणमा रहेको सो टोलीले नेपाली सेनाको विभिन्न डिभिजन तथा बाहिनीको स्थलगत अवलोकन गर्नुका साथै त्यसबारे जानकारी लिने सैनिक मुख्यालयले जनाएको छ ।

एक साताव्यापी भ्रमणका क्रममा भारतीय सैनिक टोलीले प्रधान सेनापति प्रभुराम शर्मासँग भेट गर्ने भएको छ भने कमान्ड तथा स्टाफ कलेज, नेपाली सैनिक प्रतिष्ठान, नेपाली सैनिक बार कलेज, वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमण पश्चिम पृतना हेडक्वाटरको भ्रमण, नेपाली सैनिक व्याटल स्कुलको भ्रमण र धार्मिक तथा पर्यटकीय स्थलहरूको अवलोकन गर्ने कार्यक्रम रहेको छ । छिमेकी मित्र राष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरूको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ विस्तार एवं प्रगाढ पार्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

संम्बन्धित समचार

Leave a Reply