सरकारले भन्यो-‘चौधरीको सपथ स्वाभाविकै ‘ ! ‘ रेशमले भने-‘भिख चाहन्न, न्याय दिनुहोस् ’

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७५ पौष १९, बिहिबार (६ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

पुस १९,काठमाडौँ । सरकारले पुर्पक्षका लागि थुनामा रहेका सांसद रेशमलाल चौधरीको पद तथा गोपनीयताको सपथ स्वाभाविकै भएको टिप्पणी गरेको छ ।

सरकारका प्रवक्ता एवम् सूचना तथा संचार प्रविधिमन्त्री गोकुल बास्कोटाले कानुनी प्रक्रिया अनुसार चुनाव लडेका, नागरिकले जिताएका सांसद चौंधरीको पद तथा गोपनीयताको सपथ स्वाभाविकै भएको प्रतिक्रिया दिएका छन ।

बिहीबार संचारकर्मीमाझ उनले अदालतको फैसला अनुसारको कानुनी कारबाही भने सांसद चौधरीले भोग्ने पर्ने पनि स्पष्ट पारे । राज्यले अदालतले गरेको निर्णय मान्नैपर्ने मन्त्री बास्कोटाको भनाई छ ।

‘रेशम चौधरी भिख चाहन्न, न्याय दिनुहोस् ।’

सांसदमा निर्वाचित भएको झण्डै १३ महिनापछि सपथ लिएका रेशम चौधरीले अदालतले आफूलाई न्याय दिनेमा आफू विश्वास्त रहेको बताएका छन ।

सिंहदरबारस्थित संसद सचिवालयमा बिहीबार सांसदको पद तथा गोपनियताको सपथ लिएपछि संचारकर्मीसँग संक्षिप्त प्रक्रिया दिँदै चौधरीले आफूले न्याय पाउनेमा विश्वस्त रहेको बताएका हुन।

दोषी उम्किनुपर्छ भन्नेमा आफू नरहेको भन्दै उनले आफूमाथि राजनीतिक मुद्धा लागेकाले सोही अनुसार सम्बोधन गर्न आग्रह गरे । राजनीतिक दुर्घटनाको निराकरण राजनीतिक रुपमा नै गरिनुपर्ने तर्क उनको थियो ।

उनले टीकापुर घटना, सामाजिक सञ्जालमा जिस्काउने घटना नभई वर्गीय, जातीय भावनालाई ठेस पुगेको घटना भएको भन्दै त्यस क्रममा जेलमा रहेकाहरुमाथि स्पष्ट छानबिन गरी राज्यले सबैलाई न्याय दिनुपर्ने बताए। उनले भने, ‘रेशम चौधरी भिख चाहन्न, न्याय दिनुहोस् ।’

‘सरकारले अभिमतको सम्मान गर्यो : महत

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले रेशम चौधरीको सपथ ग्रहण गराएर सरकारले नागरिकको अभिमतको सम्मान गरेको प्रतिक्रियादिएका छन ।

बिहीबार सिंहदरबारमा रहेको संसद सचिवालयमा रेशम चौधरीको सपथग्रहणपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता महतोले लोकतन्त्रमा नागरिकको अभिमतको सम्मान गर्ने काम भएको बताए ।

उनले चौधरीलाई निर्वाचनको १३ महिना पुगिसक्दा पनि सपथ नगराएर लोकतन्त्रलाई धब्बा लगाउने र नागरिकको अभिमतलाई इन्कार गर्ने काम भएकोमा सरकारले ढिलै भए पनि जनमतको कदर गर्ने काम गरेकाले सपथलाई राम्रो सुरुवातको रुपमा आफूहरुले लिएको प्रतिक्रिया दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस