“अवसर पाएँ भने प्रधानमन्त्री आफैँ बन्छु” : प्रचण्ड

पौष ४, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनभित्र छलफल गरेर प्रधानमन्त्री चयन गरिने बताए ।

चितवन पुगेका प्रचण्डले को प्रधानमन्त्री बन्ने भन्नेबारे गठबन्धनमा छलफल नभएको बताए । ‘देशको नेतृत्व गर्ने अवसर पायो भने जिम्मेवारी लिने कुरा त मैले गरेको छु। तर तपाईंहरूले सुनेजस्तो प्रधानमन्त्रीमा दाबी भनेर गठबन्धनभित्र औपचारिक रूपमा कुरा सुरू भएको छैन,’ प्रचण्डले भने, ‘को प्रधानमन्त्री बन्ने गठबन्धनबाट सजिलै निर्णय हुन्‍छ, अहिले छलफल भएको छैन ।’ माओवादीले नेकपा एमालेसँग गठबन्धन गर्न लागेको हो भन्ने प्रश्नमा प्रचण्डले त्यस्तो नभएको प्रतिक्रिया दिए ।

संम्बन्धित समचार

Leave a Reply