अफगानिस्तानमा इन्धन बोकेको ट्याङ्कर विस्फोट हुँदा १९ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७९ पौष ४, सोमबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पौष ४, काठमाण्डौ । अफगानिस्तानको राजधानी काबुल नजिक इन्धन बोकेको ट्याङ्कर विस्फोट हुँदा कम्तीमा १९ जनाको ज्यान गएको छ । काबुलको उत्तरी भागमा रहेको एक सुरूङमा इन्धन बोकेको ट्याङ्कर विस्फोट भएको थियो । घटनामा ३२ जना घाइते भएका छन् । उनीहरुलाई उद्धार गरी उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

विस्फोटमा परेर महिला र बालबालिकासहित १९ जनाको ज्यान गएको स्थानीय अधिकारीलाई उद्धृत गरी समाचार संस्था एपीले जनाएको छ । इन्धन बोकेको ट्याङ्कर विस्फोट हुनुको कारण खुलेको छैन । विस्फोटसँगै लागेको आगो सुरक्षाकर्मी र दमकलको सहायताले निभाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस