Foreign Employment IPO Account संचालनमा !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ पौष ४, सोमबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पौष ४, काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको ईजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको यस विकास बैंकले वैदेशिक रोजगारमा रहनुहुने नेपालीहरुलाई बैकिङ एवं शेयर मार्केट सम्म पहुँच पु¥याउने उद्धेश्यले फरेन ईम्प्योइमेन्ट आईपिओ एकाउन्टको सुरुवात गरेको छ । नेपाल धितोपत्र बोर्डले जारी गरेको निर्देशनानुसार प्राथमिक शेयर निष्कासन (आईपिओ) जारी गर्ने संस्थाले १०% शेयर वैदेशिक रोजगारमा रहनुहुने नेपालीहरुका लागि छुट्याउनु पर्ने व्यवस्था अनुसार त्यसलाई आवश्यक पर्ने सिआस्बा सुविधा दिनका लागि यस विकास बैंकले विशेषतः यो खाता संचालनमा ल्याएको हो । वैदेशिक रोजगारमा रहनुुहुने नेपालीहरुले सजिलै यस विकास बैंकको आधिकारीक वेबसाईटमा उपलब्ध अनलाईन खाता खोल्न मिल्ने सुविधामार्फत यो खाता खोली डिम्याट, सिआस्बा र मेरो शेयरको सुविधा प्राप्त गर्न सक्नुहुनेछ ।

साथै, यस विकास बैंकमा पहिला नै बचत तथा अन्य खाता हुने ग्राहकहरुले पनि सजिलै यो खाता खोल्न मिल्ने व्यवस्था मिलाईएको छ ।
हाल, यस विकास बैंकले नेपालभर १२१ शाखा कार्यालय, ५१ एटिएम एवं विभिन्न डिजिटल बैकिङ सुविधाहरु जस्तै ः डिजी बटुवा, डेविट÷क्रेडिट कार्ड, ईन्टरनेट बैकिङ र अनलाईन खाता मार्फत सरल, सुरक्षीत तथा गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस