‘स्थानीय तहलाई चुस्त, पारदर्शी र प्रविधिमैत्री बनाउँदै जनतालाई सहजता दिनुपर्छ’ : प्रधानमन्त्री देउवा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ पौष ४, सोमबार (१ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

पौष ४, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहलाई क्रमशः आत्मनिर्भर संस्थाको रुपमा विकास गर्दै लैजानुपर्नेमा जोड दिएका छन् । सोमबार काठमाडौंमा नेपाल नगरपालीका संघको ८ औं राष्ट्रिय अधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले स्थानीय तहको स्रोत र साधनको पहिचानका साथ उचित उपयोग गर्दै क्रमशः आत्मनिर्भर संस्थाको रुपमा विकास गर्दै लैजानुपर्नेमा जोड दिएका हुन् ।

जनताको अपेक्षा र आवश्यकताको उचित सम्बोधन हुने तहबाट स्रोत र साधनको उचित परिचालन गर्दै जनप्रतिनिधिको जनताप्रतिको दायित्व र जवाफदेहितालाई प्रभावकारी रुपमा पूरा गर्नुपर्ने उनको धारणा छ । प्रधानमन्त्री देउवाले स्थानीय तहलाई चुस्त, पारदर्शी र प्रविधिमैत्री बनाउँदै जनतालाई सहज रुपमा कार्यसम्पादन गर्नुपर्ने बताए । उनले स्थानीय तहबाट हुने कामको मूल्याङ्कनका आधारमा जनताले सरकारलाई हेर्ने दृष्टिकोण तय हुने भएकाले जनताको सेवामा प्रतिवद्ध हुनुपर्ने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस