सानिमा बैंकको १८ औं वार्षिक उत्सव: नौविसे शाखाले गर्‍यो रक्तदान कार्यक्रम

पौष ५,काठमाडौँ । सानिमा बैंकको १८ औं बार्षिक उत्सवको अवसरमा आज २०७९ पौष ५ गते मंगलबार धुनिबेशी नगरपालीका वडा नं. ७ को सिमबजारमा रहेको सानिमा बैंकको शाखा कार्यालय नौबिसेमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

उक्त रक्तदान कार्यक्रममा हिमाल रक्तसञ्चार केन्द्र, धादिङ जेसीज, लायन्स तथा लियो क्लब अफ पिस खानिखोलाको सहयोग रहेको थियो।

आज सम्पन्न भएको रक्तदान कार्यक्रममा ६८ पिन रगत संकलन भएको लायन्स क्लब अफ पिस खानिखोलाका सचिब प्रमोद गिरीले जानकारी दिए।

उक्त रक्तदान कार्यक्रममा बिभिन्न बैंक तथा संस्थाका प्रतिनिधिहरु, स्थानीय ब्यापारीहरु, स्थानीय युवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

संम्बन्धित समचार

Leave a Reply